देश चलाउन जनताले माओवादीलाई नै रोजेका छन् : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।

बिहीवार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए । उनले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताए ।

उनले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने बताए । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताए । उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए ।

उनले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे ।

उनले भने ‘स्थानीय तहको निर्वाचन आले सकेका छौँ । अब त्यसबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सकेसम्म सन्तुलित स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले यो ब्याटल जित्न हामीले अनुशाषित ढंगले पहल गर्न जरुरी छ ।’

उनले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्टिन सक्नेबताए । उनले भने ‘माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्नेकुरा प्रष्ट देखिएको छ ।

हामी माओवादी नेता, कार्यकर्ताहरु यो बीचमा जति मेहनत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने, त्यहाँ कमी छन् भन्ने कुरा हामीले अनुभव गर्दै आएका छौँ । यो आत्मसाथ गर्न आग्रह गर्छु । जनता हाम्रो साथमा छन् ।’

उनले स्थानीय तहको निर्वाचनमा आन्तरिक व्यवस्थापन राम्रो नगर्दा जनताको साथ हुँदा पनि देशको पहिलो पार्टी बन्ने अवसर गुमाएको बताए । अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए ।

उनले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यकता रहेको बताए । समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले व्यवहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?