अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो

लोकपथ
98
Shares
तस्वीर गूगल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ ।

सडक विभागसँग समन्वय गरि जेसीबीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो ।

अरनिको राजमार्ग अन्तर्गत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पूर्ण रुपमा प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?