महाअभियोग सिफारिस समितिको बैठक केहीबेरका लागि स्थगित

लोकपथ
28
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सरेको छ । आज बिहान साढे आठ बस्ने भनिएको समितिको बैठक सर्वोच्च अदालतका न्यायाधीशहरु नआउने भएपछि सरेको हो ।

बैठक दिउँसो १ बजेलाई सारिएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित बैठकले चोलेन्द्रशमशेरको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थिया े। दिउँसो १ बजे पूर्वन्यायाधीशहरुलाई बोलाइएको छ ।

जबराले नाम लिएका कानुन व्यवसायीहरुलाई पनि समितिले आजै सोधपुछ गर्दैछ । कानुन व्यवसायीहरुलाई दिउँसो ३ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?