नेपालको औपचारिक भ्रमण सकेर चान्सु स्वदेश फर्किए

लोकपथ
28
Shares

काठमाडौं । नेपालको चार दिने उच्चस्तरीय राजनीतिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किएका छन् ।

चार दिने औपचारिक भ्रमण सकेर बिहीबार बिहान स्वदेश फर्किएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका थिए । उनलाई सभामुख सापकोटाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

चान्सु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

यस्तै, उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले भेटवार्ता गरेका थिए । चान्सुले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व टालीसँग सभामुख अग्नीप्रसाद सापकोटा र अध्यक्ष चान्सुबीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो ।

वार्ता पछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?