काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पटक-पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने बारे छलफल थालेको छ ।
बुधवार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा विगतमा पटक-पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल भएको एक नेताले बताए ।
ती नेताकाअनुसार छलफल सकारात्मक भएकाले सोही अनुसार निर्णय हुने सम्भावना देखिएको छ । उनले भने, ‘विगतमा अवसर पाएकाहरुलाई समानुपातिकका नदोहोर्याउने गरी छलफल भएको छ । अब यहीअनुसार निर्णय हुने सभवना देखिन्छ ।’
स्थानीय तहमा आएको मतपरिणामको ग्राफ हेरेर सोही क्षेत्रलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार चयन गर्नेगरी छलफल भएको पनि उनको भनाइ छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलवार बोर्ड गठन गरेका थिए ।
राप्रपामा पटक-पटक अवसर पाउने तरमारा हाबी रहेको टिप्पणी हुँदै आएकामा यस्तो छलफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया