ओपोद्वारा ‘वेष्ट दशैँ गिफ्ट’ क्याम्पेन २०१८को घोषणा

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालीमहान चाडवडा दशैँ र तिहार लक्षित ‘वेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् । उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्कि ड्र’कुपनउपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकाअनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दूई पटक गोला प्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिने छ । 

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानिय करणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाडवडा दशैँ र तिहार आदर्णिय उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बेष्ट दशैँ गिफ्ट’क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर ओपो मोबाइल खरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागीता जनाउन सक्छन् । फोनको खरिदमा उपभोक्तालाई लक्कि ड्र कुपन उपलब्ध गराइने छ । यसको आधारमा दूई ओटा लक्कि ड्र (गोला प्रथा)को आयोजना गरी विजेताहरुको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । पहिलो गोलाप्रथा नोवेम्बर ५मा आयोजना गरिने छ भने दोस्रोको आयोजना डिसेम्बर ५मा हुने कम्पनीले जानकारी दिएको छ । क्याम्पेन अन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टीभी, चौथौँ वुफर र पाचौँ पुरस्कारका रुपमा ओपो ब्याग जित्न सक्नेछन् । साथै, सहभागी मध्य तीन भाग्यशाली उपभोक्ताले ओपो नेपाल आयडल –२ ग्राण्ड फिनालेका लागि पास पनि जित्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?