२१ आश्विन २०७९, शुक्रवार

अजय देवगण र सिद्धार्थ मल्होत्राविरुद्ध उजुरी

२०७९,भाद्र,२९,बुधबार १९:२०

81
Shares

एजेन्सी । अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले मन पनि पराइरहेका छन् । ट्रेलरमा राखिएको केही दृश्यका कारण अर्को पक्षले भने उजुरी दिएको छ ।

ट्रोल आर्मी नामक सञ्जाल प्रयोगकर्ता समूहले फिल्म बहिस्कारको माग गरेको छ । उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दाबी गरेका छन् । यहीबीच अजय, सिद्धार्थ र फिल्मका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ । यी तीनजनामाथि धार्मिक भावनामा ठोस पु¥याएको आरोप लगाइएको छ । वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन् । यो मामिलामा हिमांशुको बयान १८ नोभेम्बरमा रेकर्ड गरिएको छ ।

ट्रेलरमा अजय चित्रगुप्त बनेका छन् । जो पाप र पुण्यको हिसाब गर्छन् । ट्रेलरमा उनलाई निकै छोटो कपडामा देखाइएको छ । यही दृश्यमा सामाजिक सञ्जाल प्रयोगकर्ता रिसाएका छन् । उजुरीमा अजयले आपत्तिजनक भाषाको प्रयोग गरिएको दाबी गरिएको छ । ‘चित्रगुप्तलाई कर्मको देवता मानिन्छ र उसले मानिसको राम्रो र नराम्रो कर्मको हिसाब गर्छन् । तर ट्रेलरमा देखाइएको चित्रगुप्तले धार्मिक भावनामा चोट पु¥याएको जनाइएको छ । यो फिल्म २४ अक्टोबरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: २०७९,भाद्र,२९,बुधबार १९:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

एजेन्सी । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चड्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह

काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक

काठमाडौं । नेपाली गीतहरुले पछिल्लो समय निकै लोकप्रियता कमाइरहेका छन् । हात हातमा इनटर्नेटको पहुँचले पनि पछिल्लो समय गीत संगितहरुले

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४