सानिमा बैंक र दराजबीच सहकार्य हुने

लोकपथ
104
Shares

काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दसैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शुन्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।

यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिँदा पाँच सय रुपैयाँको क्यास ब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?