रिलायन्स इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच बीमासम्बन्धि योजनामा सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा २०७९ श्रावण १ गतेपछि जन्मिएका प्रत्येक छोरीहरुका लागि वार्षीक पाँच हजार रुपैयाँ बीमा शुल्क बराबर हुन आउने बिमाङ्क रकम बराबरको २० वर्ष अवधिको ‘मेरो मुटु बाल जीवन बिमा योजना’को लागि सम्झौता भएको हो ।

बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवम् रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेको उपस्थिति रहेको थियो ।

आजका बालिबालिका भोलिका देशका गहना हुन् उनीहरुलाई हामीले आजैदेखि सुरक्षित गर्दै खुलेर जिउने वातावरण तयार गरयौ भने उनीहरुको भविष्य उज्वल हुनेछ साथसाथै उनीहरुले चाल्ने हरेक पाइलामा रिलायन्स लाइफले सुरक्षा कवचको काम गर्नेछ । यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थनीय तह तथा स्थानीय सरकारले एक उदाहरणीय कार्य गरको र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महशुष गर्ने र आगामी दिनमा समेत नेपालको कनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने कुरा कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले बताए । यो बीमा सम्बन्धी सम्झौता यही भदौ २९ गते भएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?