कोरोना अपडेट : १ सय १९ जनामा संक्रमण पुष्टि

लोकपथ
143
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ८४ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ८९ र एन्टीजेन विधिबाट ३० जना गरि १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको तथ्यांक उपलब्ध नभएको उल्लेख गरिएको छ ।

सो समयमा १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार १ सय ९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?