समानुपातिक उम्मेदवारको सूची तय गर्न कांग्रेसले बोलायो बैठक

लोकपथ
294
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न संसदीय समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार बैठक बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?