‘टिभिएसको कायापलट’ योजनामा ग्राहकले जिते लाखौँको नगद उपहार

लोकपथ
143
Shares

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ नामको विशेष योजना अन्तर्गत ग्राहकहरुले लाखौँ नगद जितेका छन् ।

कम्पनीले योजना सार्वजनिक गरेको आठौँ दिनसम्म आइपुग्दा धापासीका भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफआइ स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाएका छन् ।

त्यस्तै, स्याङ्गजाको मनकामना वडा नम्बर १ का ईम बहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै ४ हजार र किनेपछि एक लाख रुपैयाँ गरी कुल १ लाख ४ हजार हात पारेका छन् ।

साथै, ललितपुरका असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै २५ हजार रुपैयाँ र किनेपछि एक हजार रुपैयाँ गरी २६ हजार हात पार्न सफल भएका छन् ।

त्यस्तै, योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सि ३० स्मार्ट फोन जितेका छन् । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । “कायापलट” योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ ।

हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी ‘सि ३०’ स्मार्ट फोन प्रदान गरिएको कम्पनिले जनाएको छ । हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सय रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने छन् । यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुने र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुने बताईएको छ । जगदम्बा मोटर्स प्रालि नेपाल टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?