दराजले घोषणा गर्‍याे दसैं धमाका अभियान

लोकपथ
91
Shares

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले दसैं धमाका अभियानको घोषणा गरेको छ । यो अभियान भदौ २९ बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अझै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ ।

यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शपिंग, २५ सय रुपैयाँसम्मको प्रीपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा नियो इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम दुई हजार ) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम दुई हजार पाँच सय) सम्मको छुट पाउन सक्नेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन् ।

साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत शुन्य प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) सम्मको अतिरिक्त छुट पनि पाउनेछन् ।

विगतमा जस्तै, दसैं धमाकाले धेरै लोकप्रिय खेल एक रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न

मध्ये कुनै पनि पुरस्कारहरू मात्र एक रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन । अमेजन फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२ सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्टमार्फत १ रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई १ रुपैयाँ फिर्ता गरिने छ ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट

दराज दसैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल पर्दछन् । र अन्तमा, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेज फिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन् ।

अभियानका थप हाइलाइटहरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उसले जित्यो, सेलको झटका र स्टोरवाइड अफर समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?