पानीमा डुबेर दुई जनाको मृत्यु

लोकपथ
112
Shares

काठमाडौं । धादिङ र दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

दाङको राप्ति गाउँपालिका–८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?