तीन महीनापछि सल्ले विमानस्थल सञ्चालनमा

मुसिकोट । रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ । 

तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौं – रुकुम – नेपालगञ्ज उडान गरेर नियमित भएको हो । 

अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक÷एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम – काठमाडौं उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो । 

दशँै तिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको सल्लेबाट उडान शुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?