रामचन्द्र पौडेलको दाबी- ‘सबै नेता र कर्मचारी भ्रष्ट्राचारी छैनन्’

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सबै नेता र कर्मचारीलाई एकै डालोमा हालेर हेर्न नहुने बताएका छन् ।

नेपालमा सबै नेता र कर्मचारीलाई भ्रष्ट्राचारीको आरोप लगाइनेप्रति इंगित गर्दै नेता पौडेलले सबैलाई एकै डालोमा हालेर हेर्नु न्यायसंगत नहुने बताए ।
सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘देशका सबै नेता वा सबै कर्मचारी भ्रष्टाचारी वा अनैतिक छैनन् । तसर्थ , सबैलाई एकै डालोमा हालेर हेर्नू न्यायसंगत हुन्न ।’

नेपालको विकासको मुल बाधक भ्रष्ट्राचार भएको बताउँदै जनताले सुशासनको अनुभुती गर्न नसकेससम्म सामाजिक न्याय सम्भव नभएको समेत बताए ।

उनले भने, ‘नेपाल विकासको मुल बाधक भ्रस्टाचार हो १
जब सम्म जनताले सुशासनको अनुभुति गर्न सक्दैनन् ( सामाजिक न्याय सम्भव छैन ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?