साफ यू-१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै

लोकपथ
273
Shares

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपाल र भारत भिड्दै छन् ।कोलम्बोको रेस कोर्समा हुने नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ।

नेपाल च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रने छ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि चुम्न चाहन्छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ६-० ले हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो ।

नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?