काठमाडौं महानगरपालिकाको यो क्षेत्रमा आज यातायात अवरुद्ध हुने

लोकपथ
189
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नानिचा याः रथयात्राको अवसरमा महानगरको भित्री क्षेत्रमा यातायात अवरुद्ध हुने जनाएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै नरदेवी, किलाघः, मखन, हनुमान ढोका क्षेत्र परिसर, भेडासिंहलगायतका क्षेत्रमा यातायात अवरुद्ध हुने जानकारी दिएको हो ।

नानिचा याः इन्द्रजात्राको रथयात्राको अन्तिम दिन मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?