१३ चैत्र २०७९, सोमवार

दुई बस ठोक्किँदा दुईको मृत्यु

२०७४,आश्विन,३१,मंगलवार ०९:२२

9
Shares

डोटी, ३१ असोज ।भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।तीमध्ये १५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा देहिमाण्डौँं बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ ।डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नंको बस आज मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।उद्धार जारी रहेकाले २४ घाइतेको परिचय खुलेको छैन । तीमध्ये गम्भीर घाइतेलाई धनगढी र बाँकीलाई डडेल्धुरा पठाइएको घटनास्थलमा रहनुभएका प्रहरीचौकी गैराका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए ।दुवै गाडी तीव्र गतिमा गुडिरहेका कारण ठूलो क्षति भएको बताइएको छ । क्षतिग्रस्त बस दुवै सडकमै अड्किएका छन् । दुर्घटनापछि राजमार्ग केही समयका लागि अवरुद्धसमेत बनेको छ । उद्धारपछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गर्ने प्रयास भइरहेको इञ्चार्ज चन्दले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०९:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६