आफूले कुनै क्षतिपूर्ति नमागेको गायीका समीक्षा अधिकारीको स्पष्टिकरण

लोकपथ
65
Shares

काठमाडौं । गायिका समीक्षा अधिकारीले क्षतिपूर्तिको रकम माग गरेकाे भन्ने विषयमा स्पष्टिकरण दिएकी छन् । अधिकारीले फेसबुमार्फत आफूले कुनैपनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी हुन् ।

क्षतिपूर्तिको रकम माग गरेकाे भन्ने विषयमा सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक टिप्पणिहरु भइरहेकाे भन्दै यसप्रति उनले दुःख व्यक्त गरेकी छन् ।  उनले फेसबुक स्टाटसमार्फत आफूसँग जोडिएको घटनालाई लिएर कुनै पनि क्षतिपूर्ति नमागेको र नलिने पनि स्पष्ट परेकी छन् ।

आफूविरुद्ध सामाजिक सञ्जालमा त्यस्ता नकारात्मक फोटो बनाएर पोष्ट हुँदा आफूलाई नकारात्मक प्रभाव परेको बताएकी छन् । ‘सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनशाय पनि छैन ।’

त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको र लडेको आशय व्यक्त गरेकी छन् । उनले सबैको साथ, सहयोग र सकारात्मक विचारको आशा पनि लिएको बताएकी छन् ।

यस्ताे छ अधिकारीकाे फेसबुक स्टाटस :

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?