काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया