स्वास्थ्य र शिक्षामा पार्टी हेरिँदैन : खेलकुदमन्त्री अथक

लोकपथ
65
Shares

बाँके । बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १९ कण्ठिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्मित विद्यालयको चार कोठे पक्की भवनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले उद्घाटन गरेका हुन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अथकले सम्बोधन गर्दै बाँके जिल्लामा टिनका पाता हटाउने अभियान सञ्चालन गरेको बताएका छन् । उनले आफ्नो कार्यकालमा झण्डै ५ हजार विधार्थीलाई पक्की छानामा ल्याइएको जानकारी दिए ।

त्यस क्रममा उनले भने, ‘एक सय बढी कोठा निर्माण भएका छन् । जिल्लाका विभिन्न ठाँउमा अझै काम गर्न आवश्यक छ । समग्र विकासमा सडक पुर्वाधार, यातायात, खानेपानी लगाएत चासोका साथ अगाडी बढाउने छु ।’ खेलकुद भनेको राष्ट्रको लागि गहना हो । यस विद्यालयलाई शिक्षा क्षेत्रमा नमुनाको रुपमा चिनाउन सक्नु पर्छ । स्वास्थ्य र शिक्षामा पार्टी हेरिँदैन ।’

मन्त्री अथकले उक्त विद्यालयको लागि खेलकुद मैदान व्यवस्था गर्ने तथा माटो पटानको सहयोग गर्ने जानकारी पनि दिएका छन् । विद्यालय व्यास्थापन समितिका अध्यक्ष मन्सूर खांको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा विद्यालयका प्रधान अध्यापक शंकर चन्दले विद्यालयको बृहत्तर विकास भएको जानकारी दिए ।

कार्यक्रममा बिशिष्ट अतिथि नेपालगन्ज वडा नम्बर १९ का वडाध्यक्ष प्रशुराम बर्मा, विद्यालयका संस्थापक अध्यक्ष बल बहादुर वली, अतिथि वडा सदस्य राम सुहावन कुर्मि, अमृता सिंह, सुनिता कोरी , विद्यालय व्यवस्थापन समिति सदस्य हिरालाल वि.क., अफिसर जहाँ साइ, सृजना बस्नेत, रुपा पुन, शिक्षक, शिक्षिका तथा स्थानीयलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?