सप्तरीका ८५ भूमिहीन सुकुम्बासीहरुले पाए लालपूर्जा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तिब्र पारिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा रहेका ८५ भूमिहीन सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेका हुन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताईन् ।

मन्त्री श्रेष्ठले स्थानीय तहले उरर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनीएको भन्दै आजलाई त्यो फाइदा भएको देखिएपनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मुल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रहसमेत गरिन् ।

उनले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरीसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र तीन सय पालिकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्लातहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रीत गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन सुरु भइसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?