बेलकोटगढी–१० मा नि:शुल्क आँखा शिविर सञ्चालन

लोकपथ
1.3k
Shares

नुवाकोट । बेलकोटगढी नगरपालिकाको वडा न. १० मा निशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

मंगलबार दृष्टि आँखा अस्पताल कलंकी काठमाडौंको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन भएको हो ।

No description available.

सो क्रममा परीक्षण गरिएकोमध्ये १४१ जनामा विभिन्न समस्या देखिएको थियो । परीक्षणका क्रममा समस्या देखिएकामध्ये १० जनामा मोतियाबिन्दुको समस्या, ६ जनाको मासु पलाएको पाइएको थियो । त्यसैगरी ६२ जनालाई निशुल्क चस्मा वितरण गरिएको र ५५ जनालाई औषधि दिइएको वडा नं १० का वडाध्य प्रल्हाद थपलियाले जानकारी दिए ।

No description available.

परीक्षणका क्रममा १६ जना बिरामीको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ । अप्रेशन गर्नुपर्ने बिरामीहरुको हकमा भने नगरपालिकासँग भएको सम्झौता अनुसार सहुलियत दरमा अप्रेशन गरिने वडाध्यक्ष थपलियाले जानकारी दिए ।

दृष्टि आँखा अस्पतालसँग नगरपालिकाले महिनाको पटक शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ ।

No description available.

त्यसैगरी वडा नं १३ मा बुधबार निशुल्क आँखा शिविर सञ्चालन हुनेछ ।

आँखा शिविरको उद्घाटन बेलकोटगढीका मेयर जगतबहादुर लामाले गरेका थिए । साथै शिविर सञ्चालनको क्रममा मेयर लामा, उपमेयर शिव दाहाल, वडाध्यक्ष थपलियासहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?