एनसेलले ल्यायो दसैं रिचार्ज बोनस

लोकपथ
104
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले हरेक दिन एक सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले एक सय रुपैयाँको रिचार्ज गर्दा एक दिनमान्य रहने १० रुपैयाँ बोनसस्वरुप प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदिग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि एक सय ५० रुपैंयाँ रिचार्ज गरेमा २० रुपैंयाँ बोनसस्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम तीन दिनको लागि मान्य रहन्छ । त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि दुई सय रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० रुपैंयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम सात दिनको लागि मान्य हुन्छ ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्तबोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

आफ्ना ग्राहकका लागि एक सय रुपैयाँ वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?