विदुर नगरमा बागमती प्रदेशको चासो, यी समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

लोकपथ
924
Shares

नुवाकोट। बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकाभित्रका विभिन्न आयोजना निर्माणदेखि वर्षोदेखिको समस्या समाधान गर्न चासो देखाएको छ ।

विदुर नगरका मेयर राजन श्रेष्ठ विदुर नगरपालिकाभित्रका विभिन्न समस्या लिएर मंगलबार प्रदेशको राजधानी हेटौँडा पुगेका थिए ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकासमन्त्री कृष्णलाल भडेलसँग भेटघाट गरि विदुर नगरभित्रको विविध समस्यासँग अवगत गराएका थिए ।

मेयर श्रेष्ठले गल्छी–रसुवागढी सडक अन्तर्गत पिपलटार ढुँगे सडक खण्ड, देविघाट र नुवाकोट दरबार क्षेत्रको गुरुयोजना कार्यान्वयन, पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम, अटो भिलेज निर्माण, वातावरणीय सुधार, बाढीपीडितहरुलाइ क्षतिपूर्ति र राहत लगायत समस्या समाधानका विषयमा मुख्यमन्त्री समक्ष मागपत्र हस्तान्तरण गरेका थिए । सो क्रममा मुख्यमन्त्री पाण्डेले ति समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको मेयर श्रेष्ठले जानकारी दिए ।

भेटमा मुख्यमन्त्री पाण्डेले गल्छी रसुवागढी सडक अन्तर्गत पिपलटार ढुँगे सडक खण्डको मुवाब्जा वितरण र सडक निर्माणमा देखिएको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । साथै देविघाटको संस्कृत माविलाई आवासीय रुपमा संचालन गर्ने, देविघाट र नुवाकोट दरबार क्षेत्रको गुरुयोजना कार्यान्वयन र घुमफिर वर्ष अन्तर्गत दुवै क्षेत्रलाई समावेश गर्न सम्बन्धित निकायलाइ निर्देशन दिनुका साथै विदुर ९ को सिल्टयान्कमा जलबिहारको लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मागपत्रमा केहि रणनीतिक सडकहरुको स्तरोन्नति ,पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम, अटो भिलेज निर्माण, वातावरणीय सुधार , बाढीपीडितहरुलाइ क्षतिपूर्ति र राहत लगायतका विषयहरु समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?