काठमाडौं । ट्राफिक प्रहरीले सञ्चालनमा ल्याएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज मंगलबार १८ जना स्कुल कलेजका विद्यार्थी चालकहरू कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।
ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ जना चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जसअन्तर्गत बिहानै मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने तीन जना पनि कारवाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया