कोरोना अपडेट : २ सय ३ जनामा संक्रमण पुष्टि

लोकपथ
182
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ८७ र एन्टीजेन विधिबाट १ सय १६ जना गरि २ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन् । त्यस्तै, तथ्यांकमा भाद्र २७ र २८ गते ४ लाख २९ हजार ८ सय ७ जनाले कोभिड विरुद्धको खोप लगाएको उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?