एनआईसी एशिया बैंकले ल्यायाे अनलाईन किनमेलमा आकर्षक छुट

लोकपथ
65
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले दराज मार्फत अनलाईन किनमेल गर्दा आकर्षक छुट पाउने भएका छन् ।

समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउँदै आएको एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाईन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको हो ।

२०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्मको लागि लागू हुने बैंकले ल्याएको यो योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५ सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी योजनाको फाइदा उठाउन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?