विद्यार्थीको हातहातमा ‘चुच्चे नक्सा’ पुर्याउने अभियान सञ्चालन

लोकपथ
77
Shares

काठमाडौं । विद्यार्थीहरुसहित विशिष्ट व्यक्तिहरुको हातहातमा नेपालको नयाँ नक्सा पुर्याउने अभियान थालिएको छ ।

ईश्वर अर्याल र रामप्रसाद खनालले चुच्चे नक्सासहित विद्यार्थीहरु र विशिष्ट व्यक्तिहरुको हातहातमा पुर्याउने अभियान थालेका हुन् ।

सरकारले २०७७ जेठ ५ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहित उनीहरुले अभियान थालेका हुन् ।

साउनको पहिलो साताबाट आरम्भ गरिएको उक्त अभियान अन्तर्गत उनीहरुले १० हजार विद्यार्थीहरुको हातमा चुच्चे नक्सा पुर्याइसकेका छन् ।

देश चिन्न र भूगोलको बारेमा जानकारी गराउनका लागि आफूहरुले विद्यार्थीहरुको हातहातमा नयाँ नक्सा पुर्याउने अभियान थालेको उनीहरुले बताएका छन् ।

पहिलो चरणमा काठमाडौं उपत्यकाका ठूला सामुदायिक विद्यालयका ९ र १० कक्षाका विद्यार्थीहरुलाई नक्सा पुर्याउने अभियान थालिएको अर्याल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?