डा.केसीले २० औं पटक अनसन बस्नपर्नु लज्जाको विषय हो : डा.भट्टराई

लोकपथ
39
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २० औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा.गाेविन्द केसीले २० औं अनसन सुरु गरेको भोलिपल्ट मंगलवार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २० औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा.भट्टराईले ट्वीटरमा लेखेका छन् ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमवार धनगढीमा गई २० औं अनसन सुरु गरेका हुन् । ‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? बेलैमा सोचौं,’ डा. भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?