छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित आठ जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । दाङ, मकवानपुर र बाराबाट अवैध लागुऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जना छन् । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई ८ ग्राम २४० मिलिग्राम खैरो हेरोईनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ टेडा पुल नजिकै भित्री सडकबाट करिब ११ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २७ वर्षीय फरीयाद अन्सारी लगायत छन् ।

जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना २ ह २६२८ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?