एस.जि ग्रुप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डमा लागू हुने गरी भोलिको मिति २०७९ भाद्र २७ गते बाट २०७९ भाद्र ३१ गते सम्म Exchange Camp सञ्चालन गरेको छ जसमा जस्तोसुकै अवस्थाको वाइकहरुमा कम्तिमा रु.२५,०००।–को मुल्याङकन हुनेछ र जुनसुकै व्राण्डको वाइक संग Exchange मा वजार मुल्याङकन भन्दा रु.२०,०००।– हुनेछ । साथै वम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट Full Insurance छुट हुनेछ । यो अफर काठमाण्डौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागु हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भाद्र २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत रु.७,९००।– देखि रु.१,००,०००।– जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले रु.१,००,०००।– जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै त्भपपभल द्दछण् पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै रु.२५,०००।– छुटको व्यवस्था गरेको छ । टारो ब्राण्डका वाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा रु.३०,०००।– सम्म नगद छुट तथा स्कुटरलको खरीदमा रु.१५,०००।– छुटको अफर अघि सारेका छन् । कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर तथा विमा छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई Test Ride तथाPose and Post Campaign अन्तर्गत फोटो खिची Like & Share गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया