बालकको उपचारमा पालिका अध्यक्ष र वडाध्यक्षको आर्थिक सहयोग

लोकपथ
169
Shares

खोटाङ । निमोनियाले सिकिस्त भएपछि सहयोग उठाएर कान्ति बाल अस्पताल पुर्‍याइएका १६ महिने बालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षले आर्थिक सहयोग गरेका छन् ।

निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्ति बाल अस्पताल लगिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई सोही गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष राई र वडाध्यक्ष बस्नेतले सोमबार अस्पतालमै पुगेर १०–१० हजार आर्थिक सहयोग गरेका हुन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतवार राति कान्ति बाल अस्पताल लगिएको थियो ।

औषधिले पनि बालकको स्वास्थ्यमा सुधार नभएपछि जिल्ला अस्पतालले बालकलाई तत्काल रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति ११.१५ बजे काठमाडौं पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?