काठमाडौं । नेपाल भ्रमणका क्रममा सोमवार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
मंगलवार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो ।
भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ । आजै लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया