प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

लोकपथ
52
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ ।

सोमवार १३ दशमलव ५४ अंक घटेर १ हजार ९१२ दशमलव ७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा शून्य दशमलव ६६ अंक बढेर १ हजार ९१३ दशमलव४१ विन्दुमा पुगेको छ ।

मंगलवार प्रि–ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?