राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ नेता लीबीच भेटवार्ता

लोकपथ
42
Shares

काठमाडौं । नेपाल भ्रमणका क्रममा सोमवार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका छन् ।

नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच भेट भएको हो ।

नयाँ वानेश्वस्थित संघीय संसद भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चानन्सु नेतृत्वको प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र जनकंग्रेस अध्यक्ष ली चान्सुबीच दुई पक्षीय सम्बन्ध, एक चीन नीतिमा प्रतिबन्ध, रसुवा र तातोपानी नाका दशैंअघि खुलाउने लगायतका विषयका कुराकानी भएको छ । छलफलमा अध्यक्ष तिमल्सिनाको तातोपाननी नाका छिट्टै खुलाउन पहल गर्न आग्रह गरेका थिए ।

कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिनसमेत यनले आग्रह गरे । यस्तै, भेटवार्तामा बहुपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिने विषयमा समेत छलफल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?