महाअभियोग प्रकरण : सिफारिस समितिमा जबराले आज पनि बयान दिने

लोकपथ
35
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराबिरूद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ । आइतबार चौथो दिन उनले महाभियोग सिफारिस समितिको बैठकमा बयान दिए ।

बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको हो । सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बताए । उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

संसदले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । जबराविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?