राष्ट्रपति भण्डारी र कमल थापाबीच भेटवार्ता

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालले जनाएको छ ।

भेटमा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?