संघर्षले ल्याएकाे लोकतन्त्रमा जनतालाई दुःख र राजनीतिक दललाई मस्ती भयाे !

लोकपथ
104
Shares

नेपालगन्ज । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनीतिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए ।

एफइएस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज गरेको बदलिँदो परिस्थतीमा लोकतन्त्र र नागरिक शिक्षा विषयक अन्तर्क्रियाका सहभागिहरुले लोकतन्त्र र संघिय पुर्नंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरिय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई समान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको संघियतामा सुशासन आर्थिक आयमका बारे प्रस्तुतीकरण गर्दै नेपालको नयाँ संघियता कार्यन्वयनतर्फ अघि बढेको भन्दै अझै तीन वटै सरकारका काम कारबाही प्रक्रियाबारे समिक्षा गर्नुपर्नेमा जोड दिए । आर्थिक संकट तथा बेरोजगारीको अन्त्य गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने भन्दै नागरिकका सम्पुर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

प्राध्यापक गणेशदत्त भट्टले आसन्न निर्वाचन, नेपालमा लोकतन्त्र र यसका समस्या चुनौतीबारे प्रस्तुतीकरण गर्दै पछिल्लो अवस्थामा मुलुकमा नयाँ परिवर्तनसँगै सकारात्मक दिशातर्फ उन्मुख भएको बताए । उनले देशमा कानुन, ऐनलगायत सबै सफ्टवेयर संरचना व्यवस्थित रुपमा रहेपनि त्यसको प्रभावकारी कार्यन्वयन नहुँदा समस्या भएको भन्दै भएको सफ्टवेयर हार्डवेयर तथा अभ्यासमा लैजानुपर्नेमा जोड दिए । महिला विकास अधिकृत मञ्जु पाण्डेले सामाजिक न्यायका बारेमा आफ्नो प्रस्तुतीकरण दिएकी थिइन् ।

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, बुद्धिजिवी तथा नागरिक अगुवा नरेन्द्रजंग पिटर, सन्त रेग्मी, हेमन्त कर्माचार्य, कृष्णजंग कार्की, रामकुमार दिक्षित, रामगोपाल कुर्मी, विजय गप्ता, गुरुप्रसाद गौतम, अर्जुन पोख्रेल, रुद्रप्रसाद तिम्लिसेना, लक्ष्मी ज्ञवाली, झलक गैरे, शाहिदा शाह, बसन्त गौतम, डाक्टर विनोद कर्ण, आरिफ अन्सारी, कृष्ण प्रसाद श्रेष्ठलगायतले प्रस्तुत विषयमाथी आ–आफ्ना जिज्ञासा तथा वचार राखेका थिए ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एफइएसका चन्द्रदेव भट्ट र अधिबक्ता पार्वता राउतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विश्वजित तिवारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?