रेमण्डको सातौं शोरुम गोल्फुटारमा

लोकपथ
91
Shares

काठमाडौं । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले नेपालमा आफ्नो सातौं शोरुम विस्तार गरेको छ । काठमाडौंको गोल्फुटार–६ बुढानिलकण्ठमा सोमबार (आज) एक कार्यक्रमका बीच शोरुमको विस्तार गरिएको हो ।

शोरुमको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्काले समुद्घाटन गरेका थिए । नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध छन् ।

यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक बिशेषता युक्त गुणस्तरिय कपडाहरु रहेको शोरुमले जनाएको छ ।

कसमिरि, महेर, आन्गोराजस्ता कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरिय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डले बताएको छ ।

सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अस्ट्रेलियाबाट ल्याइन्छ साथै यो उल मार्क गुणस्तर चिन्ह प्राप्त कम्पनी हो । रेमण्डका अध्यक्ष सञ्जय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताए । उनले उपभोक्तालाई यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भई रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने पनि बताएका छन् ।

नेपालको पुतली सडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन् १९९९ मा सञ्चालनमा आएको थियो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेटसहित रेमण्डका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् । साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदिमा शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?