डेङ्गुलगायतका रोगबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गराैँ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड, डेङ्गुलगायतका रोगहरुबाट बच्न जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेश सभाको भूमिका सम्बन्धी दुई दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगुलगायतका सरुवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले समेत मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले यी सबै रोगहरुको नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिए । कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधिहरु गम्भीर रहेको र उनीहरुको भूमिकाका बारेमा आफूहरु निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताए । संघ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम गर्‍यौं, अब स्थानीय तहसँग पनि जोड्नुपर्ने छ, उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ । प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेश सभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?