बाल कल्याण आधारभूत विद्यालयलाई बेष्ट फाइनान्सकाे सहयोग

लोकपथ
52
Shares

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाल कल्याण आधारभूत विद्यालय बालाजुलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ ।

फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाई सो टिभि हस्तान्तरण गरेको जनाएको छ ।

फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यालयलाई फाईनान्सको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्रीसमेत हस्तान्तरण गरिएको थियो ।

फाइनान्सले भविष्यमा पनि यस किसिमका सामाजिक उतरदायीत्वका कार्यहरूमा निरन्तर सहयोग गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?