मिटरब्याजी पीडितमाथि प्रहरीको लाठी, ६० जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न जिल्लाबाट न्याय खोज्दै काठमाडौं आएका ६० जना मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गरिरहेका उनिहरुलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडिले बताए ।

शान्तिपूर्णरूपमा आफ्ना माग राखेर प्रदर्शन गरिरहेका पीडितलाई र्कीतिपुर गेट अगाडीबाट प्रहरीले पक्राउ गरेको हो । यता, प्रहरीले भने होल्ड गरेर राखेका पर्दशनकारीहरु माईतीघरतर्फ जान थालेपछि विवाद उत्पन्न भएको बताएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख भरत बोहोराले दिएको जानकारी अनुसार आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका पदर्शनकारीहरुलाई माइतीघरतर्फ जान खोजेपछि कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरिएको हो ।

प्रहरीले घटना सामान्य बनाउन लाठी प्रहार पनि गरेको थियो । प्रहरीको लाठी चार्जबाट केही प्रदर्शनकारी घाइते भएको भन्ने बुझिएको छ । तराईको विभिन्न जिल्लाबाट आएका उनीहरूले ४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?