बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

लोकपथ
104
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्वत घर भई काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुवँरलाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दाका ३ थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी (जानी पीडितलाई झुक्यानमा पारी एनआईसी वैंक लिमिटेड शाखा कार्यालय सोह्रखुट्टे काठमाडौंमा रहेको उनकै खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको सिआईबीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?