नक्कली पेस्तोल देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

लोकपथ
65
Shares

काठमाडौं । नक्कली पेस्तोल देखाइ लुटपाट गर्ने दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीय बालसुन्दर समपकोटा र सोही ठाउँका ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।

उनीहरुले आइतवार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठले सञ्चालन गरेको केएस मोबाइल सपमा अनलाइन मार्फत् मोबाइल किन्छु भनी बहाना बनाइ नक्कली पेस्तोल देखाइ तीन थान आइफोन मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबै जनामाथि डाँका कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?