कोरोना अपडेट : १ सय ७९ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु

लोकपथ
143
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५९ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय २७ र एन्टीजेन विधिबाट ५२ जना गरि १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको छ । त्यस्तै, तथ्यांकमा २४ घण्टामा देशभरमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा १ सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?