चिनियाँ जनकांग्रेसका अध्यक्ष लीलाई सभामुख सापकोटाले गरे स्वागत

लोकपथ
35
Shares

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका क्रममा सोमवार नेपाल आइपुगेका छन् ।

अध्यक्ष चान्सुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थको विशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटाको स्वागत गरेको छन् । अध्यक्ष ली चान्सु मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

उनी भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत नेपाल आएका थिए । सोमवार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्ने कार्यसूची तय भएको छ ।

वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नेछन् । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमवार साँझ रात्रीभोजको आयोजना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?