महिला साफ : श्रीलंकालाई हराए नेपाल सेमिफाइनमा

लोकपथ
351
Shares

काठमाडौं । साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ सोमबार मैदानमा उत्रिँदै छ ।

काठमाडौंको दशरथ रंगशालामा नेपाली समयअनुसार सोमबार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो ।

समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ ।पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले सोमबार श्रीलंकासँग भिड्न लागेको हो ।

यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । १ खेलमा अंक विहीन श्रीलंका समूहको पुछारमा रहेको छ ।

यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?