काठमाडौं । आउँदो मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची दलहरूले दुई दिनभित्र बुझाउन समय दिएको छ ।
निर्वाचन आयोग आइतवार एक विज्ञप्ति जारी गर्दै आगामी असोज २ र ३ मा बन्दसूची बुझाउन दलहरूलाई आव्हान गरेको हो । बन्द सूची लिनका लागि आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ ।
दलहरूले उम्मेदवारको नाम रहेको बन्द सूची पेश गर्दा समावेशी सिद्धान्तअनुसार कानून बमोजिम आवश्यक काजगात पेश गर्नुपर्ने हुन्छ । आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले कागजात अपुग भए बन्द सूची दर्ता नगरिने बताएका छन् ।
आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा रहेको उनले बताए । दलहरूले बुझाएका बन्दसूची जाँचबुझ गरेर आयोगले संशोधन गर्न असोज ४ देखि ९ गतेसम्म समय दिने जनाएको छ ।
असोज १० देखि १६ गतेसम्म दलहरूले आवश्यक परिमार्जन सूची पेश गर्न सक्छन् । प्रत्यक्षतर्फ निर्वाचनका लागि भने आयोगले असोज २३ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया